शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

नेप्सेमा धेरै दिनपछि ग्रीन सिग्नल, कारोबार रकम भने बढ्न सकेन


  • 4.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2220
    मंसिर २०, २०७८ सोमबार
    नेप्सेमा धेरै दिनपछि ग्रीन सिग्नल, कारोबार रकम भने बढ्न सकेन

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार ३२  अंकले बढेको छ । आज नेप्से ३२.२२ अंकले बढेर दुई हजार ५ सय ४६ दशमलब ०९ विन्दुमा पुगेको छ ।

    त्यस्तै, आज कारोबार रकम भने बढ्न सकेको छैन । आज ४ अर्ब ५४ करोड २३ लाख बराबरको कारोबार भएको छ ।

    नेप्सेका अनुसार नेप्सेमा उच्च गिरावट भए पनि आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ ।

    यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६ सय १० दशमलब ५० रुपैयाँ पुगेको छ ।

    त्यस्तै, आज जनउत्थान सामूदायिक लघुवित्त र न्यादि हाइड्रो पावारको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज जनउत्थान सामूदायिक लघुवित्त कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

    यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नविल बैंकको  भएको छ । यस बैंकको आज १७ करोडभन्दा बढीको कारोबार भएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij