काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।
मंगलबार ३७.१८ अंक घटेर २५०८.९१ विन्दुमा बन्द भएको नेप्से आजको उक्त सेसनमा ०.६२ अंक घटेर २५०८.२९ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१७ अंक बढेको छ ।
बुधबार प्रि ओपन सेसनमा ५ कम्पनीको ५ लाख ८८ हजार ४०७ रुपैयाँ बराबरको २ हजार ६८१ कित्ता सेयर कारोबार भएको छ ।
कारोबारमा आएकामध्ये तीन कम्पनीको सेयरमूल्य बढेको छ भने दुई कम्पनीको सेयरमूल्य घटेको छ ।