शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

दोहोरो अंकले घट्यो नेप्से


  • 856
    SHARES
  • https://indrenipost.com/index.php/posts/2255
    मंसिर २२, २०७८ बुधबार
    दोहोरो अंकले घट्यो नेप्से

    नेपाल स्टक एक्सचेञ्ज नेप्से मा साताको कारोबारको चौथोे दिन आज बुधबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ५३।१० अंकले घटेर दुई हजार ४ सय ५५ दशमलब ८१ विन्दुमा थामिएको हो । त्यस्तै, आज कारोबारसँगै इन्डेक्स पनि घटेको छ । आज २ अर्ब ६६ करोड ३९ लाख बराबरको कारोबार भएको छ ।

    आज कारोबार भएका ७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै, एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

    नेप्सेका अनुसार आज सामुदायि लघुवित्त र एकसेल डेभलपमेन्ट बैंकको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत भन्दा बढीले घटेको छ । 

    यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावरको भएको छ । यस बैंकको आज ११ करोड ८८ लाख भन्दा बढीको कारोबार भएको छ ।    

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij