मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

उत्तर कोरियामा हाँस्न र रून प्रतिबन्ध


  • 2.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2500
    पुष ५, २०७८ सोमबार
    उत्तर कोरियामा हाँस्न र रून प्रतिबन्ध

    उत्तर कोरियाले आफ्ना जनतालाई हाँस्न प्रतिबन्ध लगाएको छ । पूर्वसर्वोच्च नेता  किम जो इलको दशौँ स्मृति दिवसका अवसरमा उत्तर कोरियाले ११ दिन शोक मनाउने भएको हो । 

    इल वर्तमान सर्वोच्च नेता किम जो उनका पिता हुन् । सन् २०११ डिसेम्बर १७ मा इलको हृदयघातका कारण ७० वर्षको उमेरमा निधन भएको थियो । 

    आफ्ना पिताको निधन भएको दशौँ स्मृति दिवसको उपलक्षमा नेता उनले ११ दिन देशभरि शोक मनाउने निर्णय गरेका हुन् । उक्त अवधिमा हाँस्न मात्र नभएर मनोरञ्जनका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ ।

    इलको निधन भएको दिन १७ डिसेम्बरमा खाद्यदेखि कुनै पनि वस्तु किनमेल गर्न प्रतिबन्ध लगाइएको थियो । त्योबाहेक यो ११ दिनमा मदिरा पिउन, जन्मदिन मनाउन पनि प्रतिबन्ध लगाइएको छ ।

    इलको शोकमा बाधा पुग्ने भन्दै उक्त अवधिमा कसैको मृत्यु भएमा अन्तिम संस्कार गर्न तथा जोडले रुन पनि प्रतिबन्ध लगाइएको छ । 

    बाहिरी दुनियाँबाट अलग रहेको उत्तर कोरिया सबैभन्दा धेरै प्रतिबन्धको लागि पनि चिनिने गर्छ । उत्तर कोरियाका संस्थापक तथा पूर्वराष्ट्रपति किमका छोरा इलले सन् १९९७ अप्रिल ९ देखि राष्ट्र प्रमुख भएर काम गरेका थिए ।

    सन २०११ मा इलको निधन भएपछि उनका छोरा उन राष्ट्र प्रमुखको कार्यभार सम्हाल्दै आएका छन् । 

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij