काठमाडौं । नेकपा (माओवादी केन्द्र)को ८ औं महाधिवेशन अन्तर्गत दोस्रो दिन आज बन्दसत्र हुँदैछ । बिहान ११ बजेदेखि प्रज्ञा भवनमा बन्दसत्र शुरु हुने कार्यतालिका रहेको छ ।
हिजो (आइतबार) उद्घाटन सत्रको समापनको अवसरमा उद्घोषकसमेत रहेका स्थायी समिति सदस्य जनार्दन शर्माले बन्दसत्रको बारेमा जानकारी दिएका हुन् ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुनेछ ।