मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

माओवादी केन्द्रको जारी ८औँ महाधिवेशन अपडेट

प्रचण्डको राजनीतिक प्रतिवेदनमा २५ समूहले सुझाव पेश गरेपछि नयाँ नेतृत्व चयन गरिने


  • 2.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2706
    पुष १५, २०७८ बिहीबार
    प्रचण्डको राजनीतिक प्रतिवेदनमा २५ समूहले सुझाव पेश गरेपछि नयाँ नेतृत्व चयन गरिने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन जारी छ । गत आइतबारबाट सुरु भएको आठौं महाधिवेशन अन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि समूहका नेताले आज पनि निश्कर्ष सुनाउँदै छन् ।

    २५ वटा समूह बनाएर गरिएको प्रतिवेदनमाथिको छलफलमा ११ वटा समूहले बुधबार सुझावसहितको निष्कर्ष सुनाएका थिए । बुधबार सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश १ बाट अजम्बर काम्बाङ राई र हर्कबहादुर नेम्वाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहगत छलफलको निष्कर्ष पेश गरेका छन् ।

    २५ मध्ये बाँकी १३ समूहका तर्फबाट समुह नेताले आज बिहीबार आफ्नो समुहको निश्कर्ष सुनाउनेछन् । २५ वटै समूहको प्रस्तुतिपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसूची छ । महाधिवेशनमा बन्दसत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष प्रचण्डले २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

    झण्डै १७ सयको संख्यामा रहेका महाधिवेशन प्रतिनिधिहरुले यी दुवै प्रतिवेदनमाथि छलफल गरेर सुझावसहितको निश्कर्ष सुनाएका हुन् ।

    बिहीबार बिहान ११ बजेदेखि बन्द सत्र पुनःसञ्चालन हुनेछ । महाधिवेशन बिहीबार समापन गर्ने योजना रहेपनि बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न समय लागेकाले शुक्रबारमात्र समापन गर्ने माओवादीको तयारी छ ।

    माओवादी स्थायी कमिटी सदस्य शक्ति बस्नेतले प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ अध्यक्षले दिएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने बताए ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij