मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

माओवादी केन्द्रको परिमार्जनसहितको विधान अनुमोदन, निर्वाचन प्रक्रियामा जाने


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2750
    पुष १७, २०७८ शनिबार
    माओवादी केन्द्रको परिमार्जनसहितको विधान अनुमोदन, निर्वाचन प्रक्रियामा जाने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी ८औं महाधिवेशनले परिमार्जनसहित विधान अनुमोदन गरेको छ । वर्तमान केन्द्रीय कमिटीको अन्तिम केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरिएको विधान मस्यौदा परिमार्जनसहित जारी महाधिवेशनको बन्दसत्रले पारित गरेको हो । 

    अनुमोदित विधानअनुसार माओवादीको केन्द्रीय कमिटी १५ पदाधिकारीसहित २९९ सदस्यीय हुनेछ । 

    पदाधिकारीमा  एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहने छन् ।

    केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी हुने व्यवस्था विधानले अनुमोदन गरेको छ । १५ प्रतिशत सदस्य मनोनीत गरिने छ । 

    जारी महाधिवेशन अन्तरर्गत आजै निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij