बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

इन्धनमा ६ वटा शीर्षकमा सरकारको कर असुली


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2929
    पुष २६, २०७८ सोमबार
    इन्धनमा ६ वटा शीर्षकमा सरकारको कर असुली

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा अत्यधिक कर असुल गरी आम उपभोक्ताको टाउकोमा महँगीको भार थुपारेको छ । इन्धनमा मात्र विभिन्न ६ वटा शीर्षकमा सरकारले कर उठाउँदै आएको छ ।

    नेपाल आयल निगमले भारतसँग सस्तोमा तेल खरिद गरे पनि अत्यधिक कर उठाउँदा उपभोक्ताले महँगो मूल्य तिर्नु परिरहेको छ ।

    सरकारले भन्सार शुल्क, मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार शुल्क, मूल्य स्थिरीकरण कोष कर, वातावरण प्रदूषण शुल्क र पूर्वाधार विकास गरी ६ शीर्षकमा कर उठाउने गरेको छ ।

    प्रतिलिटर पेट्रोलमा निगमले ५७ रुपैयाँ ७३ पैसा भन्सारमै कर उठाएर राज्यलाई बुझाउने गरेको छ । त्यसको भार सिधै आम उपभोक्तामा परेको छ ।

    पेट्रोल (प्रतिलिटर)
    भन्सार शुल्क २५ रुपैयाँ २० पैसा
    भन्सार सेवा शुल्क ०।०३ पैसा
    सडक भन्सार शुल्क ४ रुपैयाँ
    पूर्वाधार विकास कर १० रुपैयाँ
    मूल्य स्थिरीकरण कोष १ रुपैयाँ ३६ पैसा
    वातावरण शुल्क १ रुपैयाँ ५० पैसा
    मूल्य अभिवृद्धि कर १५ रुपैयाँ ६५ पैसा
    कुल कर ५७ रुपैयाँ ७३ पैसा

    यो समाचार राजधानी दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij