बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

शेयर बजारमा उतार चढाब, कारोबार रकममा झिनो सुधार


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2946
    पुष २६, २०७८ सोमबार
    शेयर बजारमा उतार चढाब, कारोबार रकममा झिनो सुधार

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा यो हप्ताको दोस्रो दिन आज सोमबार शेयर बजार निक्कै उतार चढावका बीचमा शेयर खरिद विक्री भएको छ ।

    सोमबार बजार खुलेको आधा घण्टाभित्र २८०४.२२ विन्दुमा पुगको बजार कारोबारको एक घण्टा नवित्दै २७६९.८६ विन्दुमा पुगेको थियो ।

    कारोबार समय  आधा घण्टा बाँकी छँदा बजार २७५८ मा झरेको थियो । कारोबार समय अन्त्य हुँदा बजार १९.४३ विन्दुले बढेर २७८४.९५ विन्दुमा पुगेर रोकिएको छ ।

    सोमबार कारोबार रकममा पनि सुधार आएको छ । आइतबार ७ अर्ब १० करोड १८ लाख बराबरको कारोबार भएको थियो । भने सोमबार ७ अर्ब १२ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

    त्यस्तै, सोमबार गोर्खाज फाइनान्सको सबैभन्दा धेरै २२ करोड ७४ लाख बराबरको करोबार भएको छ । भने मध्येभोटेकोशीको शेयर १० प्रतिशतले वृद्धि भएर कारोबार भएको छ । 

    त्यस्तै युनियन पावर र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij