बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

दोहोरो अंकले बढ्यो नेप्से, आधा दर्जन कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2971
    पुष २७, २०७८ मंगलबार
    दोहोरो अंकले बढ्यो नेप्से, आधा दर्जन कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका तेस्रो  दिन आज मंगलबार दोहोरो अंकले वृद्धि भएको छ  । आज नेप्से ४९.१९ अंकले बढेर दुई हजार ८ सय ३४ दशमलब १३ विन्दुमा पुगेको हो ।

    मंगलबार ६ अर्ब ७२ करोड ४५ लाख बराबरको कारोबार भएको छ । ८ वटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।  

    मध्यभोटेकोशी जलविद्युत कम्पनी, नारायणी डेभलपमेन्ट बैं, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त, न्यादि जलविद्युत र मितेरी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेको हो ।  

    आज कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अपि पावरको भएको छ । यस कम्पनीको आज १६ करोड ८३ लाख भन्दा बढीको कारोबार भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij