बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोकार ?


  • 2.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2983
    पुष २८, २०७८ बुधबार
    सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोकार ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो । मंगलबार पनि सुनको मूल्य तोलामा तीन सयले बढेको थियो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।     

    त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२३० मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२३५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij