काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ६ अंक बढेको छ ।
मंगलबार ४९.१८ अंक बढेर २८३४.१४ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ५.७४ अंक बढेर २८३९.८७ विन्दुमा पुगेको छ । आज उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.७९ अंक बढेको छ ।
प्रि ओपन सेसनमा २५ कम्पनीको ५२ लाख ४ हजार ७१० रुपैयाँ बराबरको ८ हजार १२३ कित्ता सेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएकामध्ये १८ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी चार कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।