बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

दोहोरो अंकले घट्यो नेप्से, ८ अर्बको कारोबार


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2989
    पुष २८, २०७८ बुधबार
    दोहोरो अंकले घट्यो नेप्से, ८ अर्बको कारोबार

    काठमाडौं । लगातार उकालो लाग्दै आएको सेयरबजारमा आज 'ब्रेक' लागेको छ । साताको चौथो कारोबार दिन (बुधबार)मा पुँजीबजार मापक परिसूचक 'नेप्से' ३०.५१ अंकले घटेको हो । यससँगै नेप्से २८०३.६२ बिन्दुमा ओर्लिएको छ ।

    नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)का अनुसार आज कूल आठ अर्ब तीन करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कूल २२९ वटा कम्पनीका एक करोड ६१ लाख ४७ हजार ३९० कित्ता सेयर ९० हजार ५९० पटक खरिद-बिक्री भएका थिए ।

    कारोबार भएकामध्ये २९ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ । बाँकी  कम्पनीको सूचक नकारात्मक बनेको छ । 

    यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७.०४ अंकले घटेर ५२१.८३ बिन्दुमा ओर्लिएको छ ।

    आज कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको कारोबारमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेण्ट बैंक र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । हिमालय ऊर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ६.२१ प्रतिशतका दरले गुमाएका छन् ।

    आज नेपाल बंगलादेश बैंक लिमिटेडको सेयर सबैभन्दा धेरै २८ करोड ६९ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको सबैभन्दा धेरै आठ लाख ४४ हजार ६१० कित्ता सेयर कारोबार भएको छ । सोही कम्पनीको सेयर सबैभन्दा धेरै चार हजार ४२५ पटक किनबेच भएका थिए ।

    आज लगानी, उत्पादन तथा प्रशोधन र व्यापारबाहेक सबै उपसमूहको परिसूचक नकारात्मक बनेको नेप्सेले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij