बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

महको महंगी व्यापक : बजारमा माग उच्च, उत्पादनमा कमी


  • 2.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3020
    माघ ३, २०७८ सोमबार
    महको महंगी व्यापक : बजारमा माग उच्च, उत्पादनमा कमी

    काठमाडौं । पकेट क्षेत्र मानिएको क्षेत्रमै यस वर्ष मह उत्पादन घटेको छ । सरकारले केही वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मौरी जोन कार्यक्रम सञ्चालन गरेर किसानलाई अनुदान तथा प्राविधिक सहयोग गर्दै आएको छ तर मह उत्पादन भने घटेको छ ।

    जाजरकोटमा गत वर्ष करिब १० टन मह उत्पादन भएकामा यस वर्ष एक टन मात्र उत्पादन भएको कृषि प्राविधिक तथा कृषि विकास कार्यालयका सूचना अधिकारी टोपेन्द्र नेपालीले बताए ।

    जिल्ला कृषि विकास कार्यालय जाजरकोटले फूल पर्याप्त नहुँदा उत्पादन घटेको जनाएको छ । मौरीलाई चरन क्षेत्रको अभाव, वनविनाश, अतिक्रमण, जलवायु परिवर्तनलगायतका कारण मह उत्पादन घट्दै गएको कार्यालयको भनाइ छ । 

    सूचना अधिकारी नेपालीले बेमौसमी वर्षात्ले मौरी क्षेत्रका चिउरी र अन्य मौसमी फूलको रस वर्षाले बगाउनु, विभिन्न रोगले मौरी मर्नु, किसानलाई प्राविधिक ज्ञानको कमी हुनु, आहारा नपाएर मौरी भाग्नुलगायतका समस्याले मह उत्पादन घटेको बताए । 

    मह उत्पादन घटेपछि मूल्य भने वृद्धि भएको छ । गत वर्ष प्रतिकेजी ६०० रुपियाँ मूल्य पर्ने मह यो वर्ष प्रतिकेजी एक हजार हाल्दा पनि नपाउने अवस्था छ । यो समाचार गोरखापत्र दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij