काठमाडौं । सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १८ अंकभन्दा बढीले बढेको छ ।
अघिल्लो कारोबार दिन आइतबार ६९ अंक बढेर २९२६.७४ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १८.१७ अंक बढेर २९४४.९२ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ३।७४ अंक बढेको छ ।
सोमबार प्रि ओपन सेसनमा १७ कम्पनीको १ करोड १८ लाख ५५ हजार रुपैयाँ बराबरको २९ हजार ५८४ कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबारमाआएकामध्ये १६ कम्पनीको सेयरमूल्य बढेको छ भने एउटा कम्पनीको सेयरमूल्य घटेको छ ।