बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

नेप्सेमा २०.६४ अंकको वृद्धि, कारोबार रकम भने घट्यो


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3036
    माघ ३, २०७८ सोमबार
    नेप्सेमा २०.६४ अंकको वृद्धि, कारोबार रकम भने घट्यो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से २०.६४ अंकले बढेर दुई हजार ९ सय ४७ दशमलब ३८ विन्दुमा पुगेको हो ।

    त्यस्तै, आज कारोबार रकममा भने घटेको छ । आज ७ अर्ब ९० करोड १८ लाख बराबरको कारोबार भएको छ । आइतबार ९ अर्ब ६७ करोड ६३ लाख बराबरको कारोबार भएको थियो ।    

    नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ४५८ रुपैयाँ पुगेको छ । 

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुणभ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ४४ करोड ५४ लाख भन्दा बढीको कारोबार भएको छ ।       

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij