बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

आयल निगममा संचित रकम सकियो, तेल किन्न ऋण लिनु पर्ने


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3046
    माघ ४, २०७८ मंगलबार
    आयल निगममा संचित रकम सकियो, तेल किन्न ऋण लिनु पर्ने

    काठमाडौं । नेपाल आयल निगमले संचित रकम सकिएपछि तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ ।

     निगमले तेल व्यवस्थापनका लागि ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने स्थिति देखिएको बताएको छ ।

    निगमले विज्ञप्ति जारी गर्दै अन्तराष्‍ट्रिय बजार मूल्‍य अनुरुप नेपालमा तेलको मूल्य समायोजन गर्न नसक्ने स्थिति आएको बताएको छ । 

    निगमसँग संचित बचत शू्न्यको अवस्थामा पुगेकाले इण्डियन आयल कर्पोरेशनलाई आगामी २३ जनवरी २०२२ मा गर्नुपर्ने भुक्तानीका लागि करिब २ अर्ब अपुग हुने स्थित देखिएको छ,ुविज्ञप्तिमा उल्लेख छ ।

    ुयसको व्यवस्थापनका लागि निगमले ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने स्थिति देखिएको छ । 

    आउँदा दिनमा केही मूल्य समायोजन गरिए तापनि महिनाको करिब ४ अर्ब रुपैयाभन्दा बढी मासिक घाटा रहि रहने देखिएको हुँदा आगामी घ महिनासम्मको लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइ राख्न हालको खरिद मूल्य अनुसार निगमलाई न्यूनतम करिब १२ अर्ब रुपैयाँको आवश्यकता पर्ने देखिको छ,ुविज्ञप्तिमा उल्लेख छ ।

    यस्तै निगमले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको ६ महिनाको अवधिमा अनुमानित १९ अर्ब २६ करोड घाटा ब्यहोरेको जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij