बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

दोहोरो अंकले घट्यो नेप्से, ८ अर्ब ४४ करोडको कारोबार


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3049
    माघ ४, २०७८ मंगलबार
    दोहोरो अंकले घट्यो नेप्से, ८ अर्ब ४४ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ ।  आज नेप्से १०.७८ अंकले घटेर दुई हजार ९ सय ३६ दशमलब ६६ विन्दुमा पुगेको हो ।

    त्यस्तै, आज कारोबार रकममा भने वृद्धि छ । आज ८ अर्ब ४४ करोड ३४ लाख बराबरको कारोबार भएको छ । सोमबार ७ अर्ब ९० करोड १८ लाख बराबरको कारोबार भएको थियो ।    

    नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा सामलिङ पावर कम्पनी र मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेको छ ।

    आज सामलिङ पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने मध्य भोटेकोशीको शेयरमूल्य आज ८ प्रतिशतले बढेर प्रतिकित्ता ४९६ रुपैयाँ पुगेको छ । 

    त्यस्तै, आज मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज २८ करोड ११ लाख भन्दा बढीको कारोबार भएको छ ।        

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij