बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

विद्युत प्राधिकरणको व्यवस्था : डेरावालसँग बढी महसुल असुलेमा लाइन काटिने


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3061
    माघ ५, २०७८ बुधबार
    विद्युत प्राधिकरणको व्यवस्था : डेरावालसँग बढी महसुल असुलेमा लाइन काटिने

    काठमाडौं । घरधनीले घरभाडामा बस्ने व्यक्तिहरूसँग प्राधिकरणले तोकेको महसुलभन्दा बढी रकम असुल गरेमा लाइन काट्न सकिने व्यवस्था गरेको छ ।

    घरधनीले डेरावालसँग महँगो विद्युतको महसुल असुल गरेको गुनासो आएपछि प्राधिकरणले तोकिएकोभन्दा बढी महसुल लिएको पाइएमा त्यस्ता घरधनीको लाइन काट्ने व्यवस्था गरेको हो ।

    यसबाट घरभाडामा बस्ने उपभोक्ताहरूलाई सर्वसुलभ विद्युत सेवाको प्रत्याभूति हुनेछ । घरभाडामा बस्ने व्यक्तिहरूले तोकिएका निश्चित शर्त पूरा गरी छुट्टै मिटर राखी विद्युत सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

    यस्तो व्यवस्थाबाट घरभाडामा बस्ने उपभोक्तालेसमेत अन्य ग्राहक सरह सर्वसुलभ विद्युत सेवा उपभोग गर्न पाउने छन् ।

    बक्यौता भुक्तानी गर्ने प्रतिबद्धतासहित छुट्टै मिटर राख्नको लागि घरधनीको लिखित सहमति, घरधनी र बहालमा बस्ने बीच कम्तीमा एक  वर्षका लागि गरिएको घरबहाल सम्झौता, घरबहालमा बस्ने व्यक्तिलाई छुट्टै मिटर दिन प्राविधिक दृष्टिकोणबाट उपयुक्त भएमा, घरधनीको बाँकी बक्यौता नभएमा र बहालमा बस्नेको मिटर समेत एउटै स्थानमा राख्न सकिने गरी वायरिङको व्यवस्था गरिएका शर्त पूरा गर्नुपर्ने छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij