बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

नेप्सेमा ३८.३५ अंकको गिरावट, दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3067
    माघ ५, २०७८ बुधबार
    नेप्सेमा ३८.३५ अंकको गिरावट, दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार उच्च अंकले घटेको छ । आज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमा रोकिएको हो । मंगलबार नेप्से १०.७८ अंकले घटेर दुई हजार ९ सय ३६ दशमलब ६६ विन्दुमा थामिएको थियो ।       

    त्यस्तै, आज कारोबार रकममा पनि घटेको छ । आज ६ अर्ब २ करोड १३ लाख बराबरको कारोबार भएको छ । मंगलबार ८ अर्ब ४४ करोड ३४ लाख बराबरको कारोबार भएको थियो ।नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा बुद्धभुमी नेपाल हाइड्रोपावर नेपाल कम्पनी र सामलिङ पावर कम्पनी रहेको छ । आज सामलिङ पावर कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ७१४ रुपैयाँ पुगेको छ भन बुद्धभुमी नेपाल हाइड्रोपावर शेयरमूल्य आज ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २८७.८० रुपैयाँ पुगेको छ । 

    त्यस्तै, आज घलेम्दी हाइड्रो, कालिका लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई समुन्नतको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज २० करोड ३२ लाख भन्दा बढीको कारोबार भएको छ ।     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij