बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

त्रिविका परीक्षामा स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन गर्न प्रधानमन्त्री देउवाको निर्देशन


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3076
    माघ ६, २०७८ बिहीबार
    त्रिविका परीक्षामा स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा स्वास्थ्य मापदण्ड पालना भएरनभएको र परीक्षा कोठामा स्यानिटाइजर यथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन गरेका छन्।

    प्रधानमन्त्रीले आज त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन गरेका हुन् ।

    मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भएरनभएको अनुगमन गर्न निर्देशन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्रीले परीक्षा हलमा सामाजिक दूरी कायम नगरेको र स्यानिटाइजर यथेष्ट मात्रामा नभएको पाइएका केही हप्ता परीक्षा स्थगित गर्ने गरी प्रक्रिया अघि बढाउन पनि मुख्यसचिवलाई निर्देशन गरेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij