बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

शेयर बजारमा ३२.९६ अंकको वृद्धि, कारोबार रकम भने घट्यो


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3081
    माघ ६, २०७८ बिहीबार
    शेयर बजारमा ३२.९६ अंकको वृद्धि, कारोबार रकम भने घट्यो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार उच्च अंकले बढेको छ ।  

    आज नेप्से ३२.९६ अंकले बढेर दुई हजार ९ सय ३१ दशमलब २६ विन्दुमा रोकिएको हो । बुधबार नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमा रोकिएको थियो ।         

    त्यस्तै, आज कारोबार रकममा भने घटेको छ । आज ५ अर्ब ७७ करोड ३१ लाख बराबरको कारोबार भएको छ । बुधबार ६ अर्ब २ करोड १३ लाख बराबरको कारोबार भएको थियो ।

    नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मैलुङखोला जलविद्युत कम्पनी, तेह्रथुप पावर कम्पनी र बुद्धभुमी नेपाल हाइड्रोपावर नेपाल कम्पनी रहेको छ ।

    आज कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  

    त्यस्तै, आईसीएफसी फाइनान्सको डिभेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी आईएमई जनरल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको आज २२ करोड २० लाख भन्दा बढीको कारोबार भएको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij