मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

युवा संघमा टीकेप्रथा हाबी, नौ वर्षदेखि भद्रगोल


  • 2.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3087
    माघ ७, २०७८ शुक्रबार
    युवा संघमा टीकेप्रथा हाबी, नौ वर्षदेखि  भद्रगोल

    काठमाडौं । ०६९ फागुनमा बुटवलमा आठौँ महाधिवेशन सम्पन्न भएयता युवा संघमा नौ वर्षसम्म महाधिवेशन सम्पन्न हुन सकेको छैन ।

    नौ वर्षसम्म युवा संघ महाधिवेशन र विधानविनै भद्रगोल तरिकाले सञ्चालन भएपछि एमाले विभाजनअघि दिलु पन्त, नरेश शाही, हस्त शाही, क्रान्ति बुर्लाकोटीलगायतको समूहले संस्थापनसँग अन्तर्संघर्ष गर्दै आएको थियो । 

    बुर्लाकोटी अहिले एमालेमै रहे पनि अरू माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा छन् । महाधिवेशन नभएका कारण राष्ट्रिय युवा संघमा विधान र अधिवेशनविनै टिके नियुक्तिमा आठजना अध्यक्ष फेरिएका छन् । 

    अबको ११ फागुनमा महाधिवेशन सम्पन्न हुँदा नौ वर्षमा अधिवेशन र विधानविनै नौ अध्यक्ष फेरेर कीर्तिमान कायम गर्ने जनसंगठनका रूपमा राष्ट्रिय युवा संघ दर्ज हुनेछ । १८ फागुन ०६९ मा महेश बस्नेत दोस्रोपटक अध्यक्ष भएका थिए । 

    त्यसलगत्तै बस्नेतकै प्रस्तावमा निरु पाल अध्यक्ष भइन् । त्यसपछि क्रमशः राजीव पहारी, रमेश पौडेल अध्यक्ष भए ।

    पार्टी एकतापछि पौडेल सहसंयोजक थिए भने संयोजकमा पूर्वमाओवादी समूहको वाइसिएलबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’ चयन भएका थिए । एकता भंग भएपछि पुनः रमेश पौडेल, त्यसपछि वचन सिंह अध्यक्ष बने । 

    छोटो समय अध्यक्ष बनेका सिंहले राजीनामा दिएपछि किरण पौडेल अध्यक्ष बने । दशौँ महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्य बनेका पौडेल संघको नवौँ महाधिवेशन सम्पन्न गराएर बिदा हुँदै छन् ।

    त्यससँगै संघले ०६९ यता नवौँ अध्यक्ष चयन गर्नेछ । यो समाचार नयाँ पत्रिका दैनिकमा छ । 

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij