बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

प्रि ओपनमा ११.६३ अंक बढ्यो नेप्से


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3113
    माघ ९, २०७८ आइतबार
    प्रि ओपनमा ११.६३ अंक बढ्यो नेप्से

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ११ अंक बढेको छ ।

    बिहीबार ३३.०३ अंक बढेर २९३१.३४ विन्दुमा बन्द भएको नेप्से आजको  सो सेसनमा ११.६३ अंक बढेर २९४२.९७ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि १.५९ अंक बढेको छ ।

    आइतबार प्रि ओपन सेसनमा ३४ कम्पनीको ८३ लाख ८४ हजार ३६० रुपैयाँ ७९ पैसा बराबरको १३ हजार १८१ कित्ता सेयर खरिदबिक्री भएको छ ।

    कारोबारमा आएकामध्ये २५ कम्पनीको सेयरमूल्य बढेको छ भने ५ कम्पनीको सेयरमूल्य घटेको छ । सो सेसनमा चार कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij