बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

शेयर बजारमा सामान्य गिरावट, कारोबार रकममा भने वृद्धि


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3117
    माघ ९, २०७८ आइतबार
    शेयर बजारमा सामान्य गिरावट, कारोबार रकममा भने वृद्धि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको पहिलो दिन आज आइतबार सामान्य अंकले घटेको छ ।  आज नेप्से १०.८३ अंकले घटेर दुई हजार ९ सय २० दशमलब ५१ विन्दुमा रोकिएको हो । बिहिबार नेप्से ३२.९६ अंकले बढेर दुई हजार ९ सय ३१ दशमलब २६ विन्दुमा रोकिएको  थियो ।         

    त्यस्तै, आज कारोबार रकममा भने बढेको छ । आज ७ अर्ब ३ करोड ५ लाख बराबरको कारोबार भएको छ । बिहिबार ५ अर्ब ७७ करोड ३१ लाख बराबरको कारोबार भएको थियो ।

    नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मलुङखोला जलविद्युत कम्पनी, वीन नेपाल लघुवित्त र बुद्धभुमी नेपाल हाइड्रोपावर नेपाल कम्पनी रहेको छ । आज कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    त्यस्तै, गोर्खाज फाइनान्स, सामलिङ पावर कम्पनी, प्रभु बैंक, बेस्ट फाइनान्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस सामलिङ पावर कम्पनी, शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ भने गोर्खाज फाइनान्स, प्रभु बैंक, बेस्ट फाइनान्स कम्पनीको शेयरमुल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij