बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

नेटवर्किङ व्यवसाय अवैधानिक : नेपाल सरकारद्धारा मान्यता नपाएकाले लगानी नगर्न राष्ट्र बैंकको चेतावनी


  • 2.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3127
    माघ १०, २०७८ सोमबार
    नेटवर्किङ व्यवसाय अवैधानिक : नेपाल सरकारद्धारा मान्यता नपाएकाले लगानी नगर्न राष्ट्र बैंकको चेतावनी

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले नेटवर्किङ व्यवसायमा लगानी नगर्न चेतावनी दिएको छ । 

    राष्ट्र बैङ्कले एक सूचना जारी गर्दै हाइपर फण्ड, जोसियएल, क्राउड वन, सोलेम्याक्स जस्ता पिरामिड व्यवसायमा लगानी नगर्न चेतावनी दिएको हो । नेटवर्किङ व्यवसायमा आबद्ध गर्नरगराउन आह्वान गर्ने गरेको भन्दै यस्तो व्यवसाय गैर कानुनी भएकाले सचेत हुन आग्रह गरेको हो । 

    राष्ट्र बैङ्कले भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सीमा कारोबार नगर्न भनेको हो । छोटो अवधिमा उच्च प्रतिफल पाउने आशा देखाउँदै भर्चुअल र क्रिप्टोकरेन्सी र त्यससँग सम्बन्धित हाइपर फण्डलगायत नेटवर्किङ व्यवसायमा लगानी नगर्न बैङ्कले भनेको छ । 

    नेपालमा क्रिप्टोकरेन्सी तथा नेटवर्किङ व्यवसायले मान्यता नपाएकाले यस्ता गैर कानुनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन सूचना जारी गरिएको छ । 

    नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र नेपाल बाहिर बस्ने नेपाली नागरिकले भर्चुअल तथा क्रिप्टोकरेन्सी तथा नेटवर्किङमा लगानी गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने राष्ट्र बैङ्कले जनाएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij