काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार उच्च अंकले घटेको छ । आज नेप्से १००.१० अंकले घटेर दुई हजार ८ सय २० दशमलब ४१ विन्दुमा रोकिएको हो । त्यस्तै, आज ८ अर्ब ८८ करोड ८५ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ ।
आज यी दुबै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेर आज प्रतिकित्ता १००५.५० रुपैयाँ पुगेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३८२.९० रुपैयाँ पुगेको छ ।
त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो नेपाल, आशा लघुवित्त वित्तीय संस्था र ओरियन्टल होटल नेपालको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।
आज यी कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज ३८ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।