बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

बजेटको आकारभन्दा व्यापार घाटा बढी


  • 2.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3142
    माघ ११, २०७८ मंगलबार
    बजेटको आकारभन्दा व्यापार घाटा बढी

    काठमाडौँ । स्वदेशमा उपभोग हुने वस्तुको उत्पादन वृद्धि नहुँदा व्यापार घाटा भयावह बन्दै गएको छ । व्यापार घाटा मुलुकको कूल बजेटको आकारभन्दा ठूलो हुने देखिएको छ ।

    चालु आर्थिक वर्ष २०७८/७९ मा मुलुकको कूल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको छ । ६ महिनामा नै व्यापार घाटा करिब ९ खर्ब रुपैयाँ पुगेको छ । यसरी हेर्दा एक वर्षमा व्यापार घाटा करिब १८ खर्ब रुपैयाँ पुग्ने देखिन्छ । यो बजेटको आकारभन्दा पनि ठूलो हो ।

    भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म व्यापार घाटा ८ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । पोहोर साल सोही अवधिमा व्यापार घाटा ६ खर्ब रुपैयाँ थियो । 

    धेरै आयात हुने वस्तुमा इन्धन रहेको छ । १ खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास आयात भएको छ । यो समाचार नागरिक दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij