मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

उत्तर कोरियाले छैटौं मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको दाबी


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3172
    माघ १३, २०७८ बिहीबार
    उत्तर कोरियाले छैटौं मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको दाबी

    काठमाडौं । उत्तर कोरियाले बिहीबार कोरियाली प्रायद्वीपको पूर्वी तटबाट समुद्रमा दुई छोटो दुरीका ब्यालिस्टिक मिसाइलहरू परीक्षण गरेको छ । यो यस महिनाको छैटौं मिसाइल परीक्षण भएको दक्षिण कोरियाली सेनाले दाबी गरेको छ । 

    उत्तर कोरियाको मध्य पूर्वी तट नजिकैको हामहुङबाट स्थानीय समय अनुसार बिहान ८ बजे र ८ बजेर ०५ मिनेटमा प्रक्षेपण गरिएका यी दुई क्षेप्यास्त्र करिब १९० किलोमिटर (११८ माइल) उडेर करिब २० किलोमिटर (१२.४ माइल)को उचाइमा पुगेपछि समुन्द्रमा अवतरण गरेको दक्षिण कोरियाली सेनाले बताएको सीएएनले उल्लेख गरेको छ ।

    उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले  प्योङयाङले २०२२ मा आफ्नो मिसाइल परीक्षणलाई तीव्र पारेको छ । संयुक्त राज्य अमेरिकाविरुद्ध आफ्नो प्रतिरक्षालाई बलियो बनाउने र सबै अस्थायी रूपमा निलम्बित गतिविधिहरू पुनः सुरु गर्न उत्तर लागिरहेको समाचारमा जनाइएको छ । 

    दुई दिनअघि मात्रै उत्तर कोरियाले समुद्रमा क्रुज मिसाइल प्रहार गरेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij