संसारको सबैभन्दा बढी जनसंख्या भएको देश चीनलाई उछिनेर भारत पहिलो देश भएको छ । हाल भारतको जनसंख्या १ अर्ब ४४ करोड रहेको छ भने चीनको १ अर्ब ४१ करोड छ तेस्रोमा रहेको संयुक्त राज्य अमेरिकाको ३३ करोड ९० लाख, चौथोमा रहेको इन्डोनेसियाको २८ करोड १० लाख रहेको छ । पाँचौमा रहेको पाकिस्तानको २४ करोड ६० लाख छ । क्रमशः छैठाँै देखि दशाँैसम्म नाइजेरिया २२ करोड ९० लाख , ब्राजिल २१ करोड ८० लाख, बंगलादेशमा १७ करोेड ४ लाख, रुसमा १४ करोड ४० लाख, मेक्सिकोमा १३ करोड २० लाख रहेको छ । यसरी एशिया महादेशमा पाँचवटा, अफ्रिकामा एक, उत्तर अमेरिका दुई, दक्षिण अमेरिका एक र युरेसियाको रुस रहेका छन् । यो शताब्दीको अन्त सम्मका शिर्ष दश जनसंख्या भएका देशहरुमा एशियाबाट चारवटा भारत, चीन, पाकिस्तान र इन्डोनेसिया, अफ्रिकाबाट पाँचवटा नाइजेरिया, कङ्गो, इथियोपिया, इजिप्ट र तान्जानिया, अमेरिकामा एक मात्रै देश रहने अनुमान गरिएको छ । नेपाल भने संसारका दुई विशाल जनसंख्या, उदाउँदो आर्थिक शक्ति र बन्दै गरेका महाशक्तिहरुको वीचमा रहेको छ । यो अवसर र चुनौती दुवै हो । नेपाललाई श्रीखण्ड कि हँसियाको बिँड बनाउने हाम्रै हातमा रहेको छ ।