मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

३ लाख घुस सहित वडाध्यक्ष पक्राउ


  • 469
    SHARES
  • https://indrenipost.com/index.php/posts/9452
    असार २३, २०८२ सोमबार

    भैरहवा रुपन्देही, २३ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवलाई रु ३ लाख घुस रकम सहित नियन्त्रणमा लिएको छ । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले वडाध्यक्ष यादवसहित सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री गणेश ट्रेडिङका सञ्चालक विपिनकुमार पाण्डेयलाई पक्राउ गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन। 

    वडामा सञ्चालित विभिन्न योजनाको भुक्तानी सिफारिसका लागि वडाध्यक्ष यादवले कमिसन माग गरेका थिए। सोही क्रममा विपिनकुमार पाण्डेय मार्फत रु ३ लाख लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको पौडेलले बताएका छन । दुवैजनालाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले भने।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij