मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

उत्तर कोरियाले सार्वजनिक गर्यो सबैभन्दा लामो क्षेप्यास्त्र प्रक्षेपणको क्रममा अन्तरिक्षबाट खिचिएका तस्बिर


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3233
    माघ १७, २०७८ सोमबार
    उत्तर कोरियाले सार्वजनिक गर्यो सबैभन्दा लामो क्षेप्यास्त्र प्रक्षेपणको क्रममा अन्तरिक्षबाट खिचिएका तस्बिर

    प्योङयाङ । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले अन्तरिक्षबाट खिचेका तस्बिर सार्वजनिक गरेका छन् । सबैभन्दा लामो क्षेप्यास्त्र प्रक्षेपणको क्रममा अन्तरिक्षबाट तस्बिर खिचेको दाबी गर्दै उत्तर कोरियाली मिडियाले ति तस्बिर सार्वजनिक गरेका हुन् ।

    उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले आकाशबाट खिचिएका तस्बिर सार्वजनिक गर्दै आइतबार प्रक्षेपण गरिएको क्षेप्यास्त्रमा जडित क्यामेरामार्फत ति तस्बिर खिचिएको बताएको छ । 

    उत्तर कोरियाले आइतबार लामो दुरीको शक्तिशाली व्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको थियो । सो क्षेप्यास्त्र प्रक्षेपण सन् २०१७ पछिको सबैभन्दा लामो दुरीको क्षेप्यास्त्र बताइएको छ । 

    सो क्षेप्यास्त्र प्रक्षेपणबारे दक्षिण कोरिया र जापानका अधिकारीहरुले पुष्टि गरेका थिए भने जुन आकाशमा करिब २ हजार किलोमिटर माथिसम्म पुगेको उनीहरुले बताएका थिए । 

    उत्तर कोरियाले आइतबार बिहान देशको जागाङ प्रान्तबाट सो क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । सो क्रममा आकाशबाट खिचिएका तस्बिरहरु खिचिएको दाबी उत्तर कोरियाले गरेको छ । ति तस्बीरमा कोरियाली प्रायद्धिप र वरपरका क्षेत्रहरु देखिएका छन् । 

    नयाँ वर्ष सुरु भएपछि उत्तर कोरियाले योसहित सातवटा क्षेप्यास्त्र प्रक्षेपण गरिसकको छ । दक्षिण कोरिया, जापानसहित अन्य अन्र्तराष्ट्रिय समुदायले उत्तर कोरियाको क्षेप्यास्त्र गतिविधिप्रति निन्दा गरेका छन् । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक क्षेप्यास्त्र र परमाणु हतियार परिक्षणमा रोक लगाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij