काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा २ लाखभन्दा बढीमा कोभिड १९ संक्रमण देखिएको छ । १३ लाख ३१ हजार १९८ जनाको परीक्षण गर्दा २ लाख ९ हजार ९१८ जनामा संक्रमण देखिएको हो ।
यस्तै, एकैदिन ९५९ जनाको मृत्यु भएको छ । केरलामा मात्रै ३७४ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । हालसम्म भारतमा संक्रमणका कारण ४ लाख ९५ हजार ५० जनाको मृत्यु भइसकेको छ ।
भारतको स्वाथ्य मन्त्रालयका अनुसार २ लाख ६२ हजार ६२८ जना संक्रमण मुक्त हुँदा हाल कुल सक्रिय संक्रमितको संख्या १८ लाख ३१ हजार २६८ पुगेको छ । दैनिक संक्रमण दर १५.७७ रहेको छ ।