काठमाडौं । विश्वको पहिलो पूर्ण(विद्युतीय यात्रुवाहक विमानले उडान भर्ने तयारी गरेको छ ।
इजरायली कम्पनी ‘इभिएसन’ले विकास गरेको ‘द एलिस’ नामक सो विमानको गत हप्ता सियाटलको उत्तरमा रहेको आर्लिङ्टन म्युनिसिपल एयरपोर्टमा इन्जिन परीक्षण गरिएको थियो ।
इभिएसनका सीईओ ओमर बार(योहेका अनुसार एलिसको पहिलो परीक्षण उडान हुन केही हप्तामात्र बाँकी छ ।
विद्युतीय कार तथा मोबाइल फोनको जस्तै ब्याट्री टेक्नोलोजी रहेको ‘एलिस’ विमान ३० मिनेट चार्ज गरेपछि १ घण्टा (करिब ८१५ किमि) उड्न सक्ने बताइएको छ । सो विमानमा ९ जना यात्रु यात्रा गर्न मिल्छ ।