मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

लामो समयपछि कन्सर्टमा देखिए किम दम्पती


  • 4.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3268
    माघ १९, २०७८ बुधबार
    लामो समयपछि कन्सर्टमा देखिए किम दम्पती

    उत्तर कोरियाली शासक किम जोङ उन र उनकी पत्नी री सोल जु लामो समयपछि सँगै सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

    उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएले नयाँ वर्षको उपलक्ष्यमा मंगलबार प्योङयाङमा आयोजित एउटा कन्सर्टमा किम दम्पती सहभागी भएको जनाएको छ ।

    कुनैबेला किमकी पत्नी जु उनीसँगै विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुने गरेकी थिइन् । गत वर्ष फेब्रुअरीदेखि भने उनी पतिसँग देखिएकी थिइनन् ।

    मंगलबार कन्सर्टमा किम दम्पती पुग्दा कलाकारहरूले स्वागत धुन बजाएका थिए भने उपस्थितहरूले खुसीयाली र सम्मानमा हुटिङ गरेका थिए ।

    गत महिना उत्तर कोरियाले शिलशिलावद्ध रूपमा क्षेप्यास्त्रहरू परीक्षण गरेको थियो । पछिल्लो आर्थिक संकट र खाद्यान्न अभावसँग जुधिरहेको उत्तर कोरियाले कोभिड(१९ को रोकथामका लागि देशको सीमा दुई वर्षदेखि बन्द गरेको छ । आफ्नो देशमा अहिलेसम्म कोरोना संक्रमित नभएको उत्तर कोरियाको दाबी छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij