मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

मलाला भन्छिन् : तालिबानसँग कुनै बहाना छैन, त्यसैले धर्मका सहारा लिँदै छ


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3296
    माघ २०, २०७८ बिहीबार
    मलाला भन्छिन्  : तालिबानसँग कुनै बहाना छैन, त्यसैले धर्मका सहारा लिँदै छ

    अफगानिस्तानको सत्तामा तालिबानले कब्जा जमाएको छ । तालिबान सत्तामा आएपछि विश्वविद्यालयमा पढ्ने केही छात्राहरुले आफ्नो पढाइ सुरु गरेका छन् ।

    तर, तालिबानले उनीहरुलाई अलग अलग राखेर पढाइनुपर्ने बताएको छ र पढाइ धार्मिक सिद्धान्तको आधारमा हुने बताएको छ । 

    यद्यपि अझै पनि विद्यालय जाने छात्राहरुलाई भने अध्ययनको अनुमति दिइएको छैन ।

    नोबेल पुरस्कार विजेता तथा बालिकाको शिक्षाको लागि काम गरिरहेकी मानवाधिकार कार्यकर्ता मलाला युसुफ जाइले तालिबानले धर्मको आडमा बालिकालाई शिक्षा प्राप्त गर्नबाट रोक्न नसक्ने बताएकी छिन् । 

    बीबीसीसँगको कुराकानीमा उनले भनिन्, ‘काममा जाने धेरै महिला अहिले घरमा बसेका छन्, बालिकाहरू विद्यालय जाने प्रतीक्षामा छन् । सबै नयाँ सरकारले महिलाको अधिकारको सुरक्षा गर्छ त भन्ने प्रश्न उब्जिएको छ ।’

    ‘हामीलाई थाहा छ कि अफगानिस्तानको महिला फुटबल, क्रिकेट र रोबोटिक्स टोलीले देश छाड्नुपरेको छ ।

    किनकी उनीहरु अफगानिस्तानमा नै बसेर खेल्न सक्दैनन् । उनीहरुलाई अफगानिस्तानमा आफ्नो करियर समाप्त हुने आशंका बढेको छ’, उनले थपिन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij