रूसी राष्ट्रपति भ्लादमिर पुटिन छिमेकी चीनको राजधानी बेइजिङ पुगेका छन् ।
सिसिटिभीका अनुसार आजै हुने विन्टर ओलम्पिक २०२२ को उदघाटन समारोहमा सहभागी हुन पुटिन केहीबेरअघि बेइजिङ पुगेका हुन् ।
यो पुटिनको यो वर्षको पहिलो विदेश भ्रमण हो ।
बेइजिङमा पुटिनले चिनियाँ समकक्षी सी चिनफिङसँग द्विपक्षीय वार्ता गर्ने छन् । उनीहरूबीच ग्यास पाइपलाइन बनाउनेलगायत विषयमा सम्झौता हुने बताइएको छ ।
पछिल्लो समय युक्रेनको सीमामा रूसले १ लाखभन्दा बढी सेना जम्मा गरेपछि उसले युक्रेनमाथि आक्रमण गर्न लागेको चर्चा छ । सोही कारण अमेरिकालगायत पश्चिमा मुलुकहरूसँग उसको तनाव बढेको छ ।
सिन्जियाङमा वुइगुर मुस्लिममाथि चिनियाँले दमनले उनीहरूको मानव अधिकारको हनन् भएको भन्दै अमेरिकालगायत मुलुकले बेइजिङ ओलम्पिक कूटनीतिक हिसाबले बहिष्कार गरेका छन् ।