मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

आज र भोलि देशभरको मौसम प्रतिकुल रहने


  • 2.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3350
    माघ २१, २०७८ शुक्रबार
    आज र भोलि देशभरको मौसम प्रतिकुल रहने

    काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण आजदेखि पर्सिसम्म मुलुकभरको मौसम प्रतिकुल रहने भएको छ ।

    गत बुधबार राति नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण सुदूरपश्चिम हुँदै कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरूमा बढी प्रभाव देखिने भएको   छ ।

    मौसम बदली, मेघ गर्जन, चट्याङसहित वर्षा हुने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    काठमाडौँ उपत्यकामा हिजो साँझदेखि आज बिहानसम्म पनि हल्का वर्षा भएको छ । महाशाखाका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

    प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनरचटयाङरअसिना हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij