काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
तराई भू-भागका केहि स्थानमा हुसु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सोमबार प्रदेश नं १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।
देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
मंगलबार प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।
देशका पुर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।