मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

उत्तर कोरियाको परमाणु एवम् क्षेप्यास्त्र कार्यक्रम नरोक्ने


  • 3.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3416
    माघ २४, २०७८ सोमबार
    उत्तर कोरियाको परमाणु एवम् क्षेप्यास्त्र कार्यक्रम नरोक्ने

    उत्तर कोरियाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को संकल्पहरूलाई उल्लङ्घन गर्दै परमाणु र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिएको छ । 

    संयुक्त राष्ट्रसंघका विज्ञहरूले नयाँ प्रतिवेदमा उत्तर कोरियाले आणविक उपकरणका कम्पोनेन्टहरू उत्पादन गर्ने क्षमतासहित आफ्नो परमाणु र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमहरू विकास गर्ने कार्य जारी राखेको बताएका हुन् । 

    प्रतिबन्ध सम्बन्धी स्वतन्त्र अनुगमनकर्ताहरूको वार्षिक प्रतिवेदन शुक्रबार साँझ संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को उत्तर कोरिया प्रतिबन्ध समितिमा पेश गरिएको थियो ।

    उत्तर कोरियाले नयाँ छोटा तथा मध्यम दूरीका क्षेप्यास्त्रहरू उल्लेखनीय रूपमा बढाएको छ । उसले सम्भावित हाइपरसोनिक क्षेप्यास्त्र सहित नयाँ प्रविधिको परीक्षण गरेको विज्ञहरूले बताएका छन् । 

    उत्तर कोरियाले यो ज्यानुअरीमा मात्रै छोटा एवं मध्यम दूरीका झण्डै आधा दर्जन क्षेप्यास्त्र परीक्षण गरेको छ ।

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij