मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

रासायनिक मल उत्पादन कम्पनी खोल्ने विषयमा छलफल


  • 2.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3433
    माघ २४, २०७८ सोमबार
    रासायनिक मल उत्पादन कम्पनी खोल्ने विषयमा छलफल

    काठमाडौं । रासायनिक मल उत्पादनका लागि कम्पनी खोल्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवबीच छलफल भएको छ । 

    ऊर्जा मन्त्रालयमा जारी छलफलमा ऊर्जामन्त्री भुसाल र कृषिमन्त्री यादवबीच नेपालमै रासायनिक मल उत्पादन गर्न कम्पनी खोल्ने विषयमा कुराकानी भइरहेको छ । 

    लगानी बोर्डले भने भारतबाट ग्याँस आयात गरेर कम्पनी खोल्न सकिने सुझाव सरकारलाई दिएको छ ।

    तर,  ऊर्जा मन्त्रालयले नेपालमा विद्युतको समस्या समाधान भइसकेकाले विद्युतीय प्रणाली प्रयोग गरेर मल उत्पादन गर्न सकिने विषयलाई प्राथमिकतामा राखेको छ । 

    किसानले बर्सेनि रासायनिक मलको चरम अभाव झेल्दै आएका छन् । कृषि मन्त्रालयले समयमै रासायनिक मल  आयात गर्न नसक्दा किसानले सास्ती भोग्दै आएका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij