मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

अब नागरिकता स्थानीय तहबाटै वितरण गरिने


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3441
    माघ २५, २०७८ मंगलबार
    अब नागरिकता स्थानीय तहबाटै वितरण गरिने

    काठमाडौं । सरकारले आमसर्वसाधारणलाई स्थानीय तहबाटै नागरिकता प्रदान गर्नेगरी तयारी अघि बढाएको छ ।

    गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार समालेको ६ महिनापछि गृह सोमबार गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरिएको हो । 

    कार्ययोजनामा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएकोे नागरिकता स्थानीय तहबाटै प्रदान गर्ने गरी योजना बनाइएको छ ।

    त्यसका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्नेगरी मन्त्रालयले योजना बनाइरहेको छ । गृह प्रशासन सुधार कार्ययोजना नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले तयार पारेको हो । 

    गृह मन्त्रालयमा आयोजित कार्ययोजना सार्वजनिक कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले १० विषयमा गृह प्रशासन सुधारका लागि २ सय ६ क्रियाकलाप तयार गरिएको बताउँदै स्थानीय तहबाट नागरिकता प्रदान गर्नेगरी योजना समावेश गरिएको जानकारी दिएका हुन् । यो समाचार राजधानी दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij