मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

आजको मौसम पूर्वानुमान : पश्चिमी वायुको सामान्य प्रभावका कारण देशका अधिकांश स्थानमा बदली


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3456
    माघ २५, २०७८ मंगलबार
    आजको मौसम पूर्वानुमान : पश्चिमी वायुको सामान्य प्रभावका कारण देशका अधिकांश स्थानमा बदली

    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही तराईका केही भू-भागहरूमा हुस्सु / कुहिरो रहेको छ ।

    मंगलबार प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली तथा बाकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र लुम्बिनी, गण्डकी तथा प्रदेश नं १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

    त्यस्तै बिहीबार प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij