मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

पहिरोमा परेर १४ जनाको मृत्यु


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3501
    माघ २६, २०७८ बुधबार
    पहिरोमा परेर १४ जनाको मृत्यु

    मंगोलियाको पश्चिमी क्षेत्र डस्कोब्रेदासमा मंगलबार बाढीपछिको पहिरोमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको छ । 

    कोलम्बियाको प्रकोप नियन्त्रण विभागले सो कुराको जानकारी दिएको हो । सो विभागका अनुसार उक्त क्षेत्रमा केही दिन यतादेखि जारी रहेको वर्षाका कारण त्यहाँ बाढी आएको थियो ।

    पहिरोमा परी ३० जना स्थानीय घाइते भएका छन् । उनीहरुलाई अस्पताल पुर्याउन पनि पहिरोले बाटो बिग्रिएकाले निकै कठिन भएको बताइएको छ । 

    त्यस्तै पहिरोमा परेर केही नागरिक अझै पनि हराइरहेका छन् । उनीहरुको खोजीका लागि सुरक्षा तथा उद्धारकर्मीहरु परिचालन गरिएको छ ।

    भारी मात्रामा पानी पर्ने क्रम जारी नै रहेकाले अझै पनि प्रकोपको खतरा रहेको बताइएको छ ।

    यहाँको प्रकोप नियन्त्रण विभागले नागरिकहरुलाई सतर्क रहन र घरबाट बाहिर ननिस्किन सूचना पनि जारी गरेको समाचारमा जनाइएको छ ।-सिन्ह्वा

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij