मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

पशुपतिनाथको मन्दिर भोलिबाट दर्शनार्थीका लागि खुला


  • 919
    SHARES
  • https://indrenipost.com/index.php/posts/3523
    माघ २७, २०७८ बिहीबार
    पशुपतिनाथको मन्दिर भोलिबाट दर्शनार्थीका लागि खुला

    काठमाडौं । पशुपतिनाथको मन्दिर भोलि ९शुक्रबार०बाट खुला हुने भएको छ । भोलिबाट भक्तजनले पशुपतिनाथको मन्दिरमा पूजा तथा दर्शन गर्न सक्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

    जिल्ला प्रशासन कार्यालय काठमाडौंको २०७८/१०/२३ मा जारी आदेश अनुसार मन्दि खुला गर्ने निर्णय गरिएको कोषले स्पष्ट पारेको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्वा, चर्चलगायत स्थलहरुमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न गराउन सकिने उल्लेख छ । 

    “आम दर्शनार्थी एवं भक्तजनहरुको गुनासोलाई समेत मध्यनजर राखी विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी पशुपतिनाथको मन्दिर भक्तजनहरुको दर्शनका लागि मिति २०७८/१०/२८ गते शुक्रवारका दिनदेखि खुला गरिने व्यहोरा सबैलाई जानकारी गराइएको छ,” एक सूचना जारी गर्दै कोषले भनेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij