मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

आजको मौसम पूर्वानुमान : तीन प्रदेशमा हल्का वर्षा हुनसक्ने, मधेसमा कुहिरो र बाँकी तीन प्रदेशमा घमाइलो


  • 1.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3560
    माघ २८, २०७८ शुक्रबार
    आजको मौसम पूर्वानुमान : तीन प्रदेशमा हल्का वर्षा हुनसक्ने, मधेसमा कुहिरो र बाँकी तीन प्रदेशमा घमाइलो

    प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश भने घमाइलाे रहने छन् ।

    प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी केही स्थानमा हल्का वर्षाकाे सम्भावना छ । 

    प्रदेशका उच्च पहाडी तथा हिमाली केही स्थानमा हिमपात हुन सक्ने महाशाखाकाे अनुमान छ ।

     बिहान तराई मधेसमा कुहिरो लागे पनि मध्यान्हसम्म घाम लाग्ने जनाइएको छ ।

    आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ । 

    प्रदेश १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    अहिलेकाे माैसममा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij