मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

युक्रेनीहरु देश बचाउन वृद्धा महिलाहरु पनि हातमा बन्दुक लिइ तयारी अवस्थामा


  • 4.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3731
    फागुन ५, २०७८ बिहीबार
    युक्रेनीहरु देश बचाउन वृद्धा महिलाहरु पनि हातमा बन्दुक लिइ तयारी अवस्थामा

    रुसका राष्ट्रपति भलाद्मीर पुटिनले उक्रेन कब्जा गर्न आदेश दिए, आफ्नो देश बचाउनका लागि रुसी सेनासँग लड्न तयार रहेको ७९ वर्षीया भेलेन्टीना बताउँछिन् । उनी वास्तवमा ‘बबुस्काज’ आर्मी अर्थात वृद्ध महिलाहरुको सैन्य समुहमा पर्दछिन् । यो समुहले २०१४ देखि नै ट्रेन्चहरु खन्नेदेखि आपूर्ति ओसार्ने, नेट बनाउने, मेडिकल हेरचाह र लुकआउट टावर समेत निर्माण गर्दै आएका छन् । 

    रुससँगको तनाव अत्यन्तै चरम बिन्दुमा पुगेका बेला महिलाहरु पनि आफ्नो राष्ट्रभूमी बचाउन आफ्नो तर्फबाट सबै किसिमको प्रयास गर्न अघि बढिरहेका छन् ।

    भेलेन्टिना भन्छिन्, “म मेरो शहरलाई धेरै माया गर्छु र छोडेर जानेछैन । पुटिनले हामीलाई डर देखाएर भगाउन सक्दैनन् । हो अहिलेको अवस्था भयावह छ तर पनि हामी अन्तिम घडिसम्म युक्रेनको रक्षाका लागि उभिरहनेछौँ । ”

    हाल भेलेन्टिनाको शहरका वासिन्दालाई आफ्नो प्रतिरक्षा गर्न र युद्ध भइहालेमा त्यसको तयारीका लागि विभिन्न प्रशिक्षण दिइराखिएको छ । सो ट्रेनिङमा मेडिकल उपचार, प्रतिरक्षा र ठाउँ खालि गर्न, हतियार सुरक्षा अनि बन्दुक चलाउन पनि सिकाइएको छ । आठ वर्षमा पहिलोपटक यस्ता सुरक्षा र चेतनामूलक ट्रेनिङ प्राप्त गरेको त्यहाँका वासिन्दाहरुले बताएका छन् ।

    एके–४७ राइफल हातमा बोकेर टार्गेटमा हान्ने अभ्यास गरिरहेकी भेलन्टिना भन्छिन्, “मेरो २०१४ देखि नै बन्दुक चलाउने सपना थियो । तर हामीलाई सधैँ ‘तिमी यसका लागि धेरै बूढी छौ र रिकोइल हुनासाथ आफैँ पछारिन्छौ बबुस्का’ भनेर धपाइने गरिन्थ्यो ।” 

    ६५ वर्षीया लिउडमिलाले २०१५ मा उग्रवादीसँगको लडाईँमा आफ्ना एक आफन्त गुमाएकी थिइन् । त्यसै समयदेखि आफूले युद्धमा जाने युवा पुरुषहरुप्रति बलियो भाव राख्दै आएको बताइन् । यसकारण पनि आफूले सक्नेजति सहयोग गर्ने निर्णय लिएको उनको भनाइ छ ।

    उनी भन्छिन्, “हामी वृद्ध भएपनि २०१४ देखि नै बटालियन अन्र्तगत खन्नेदेखि फिल्ड बेस सेट–अप सम्मका काम गरेका छौँ । हामीले सिरक, तकिया, प्लेट सबै दान गरेका छौँ । आफूले सक्नेजति सबै आवश्यक सामग्री बोकेर ल्याएका छौँ । सेनाको मद्दत गर्न खोज्दैगर्दा अहिले उनीहरु हाम्रा आफ्नै छोराछोरी जस्तो लाग्न थालेका छन् । यदि उनीहरु मध्ये एकजनाको पनि मृत्यु हुँदा हामीलाई आफ्नै बच्चा गुमाए जत्तिकै पीडा हुनेछ ।”

    उनले थप भनिन्, “त्यसैले म रुससँग लड्न तयार छु । म हातैले मुक्का हान्नुपरे पनि अगाडि बढ्नेछु । उनीहरु हाम्रा कोही होइनन् ।”  -अलजजिरा 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij