मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

युक्रेनमाथि आक्रमण नगर्ने शर्तमा पुटिनसँग वार्ता गर्न बाइडेन तयार


  • 4.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3822
    फागुन ९, २०७८ सोमबार
    युक्रेनमाथि आक्रमण नगर्ने शर्तमा पुटिनसँग वार्ता गर्न बाइडेन तयार

    युक्रेनमाथि आक्रमण नगर्ने शर्तमा अमेरिकी राष्ट्रपति जो बाइडेन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ताका लागि सहमत भएका छन् ।

    अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका समाचारमा बाइडेन पुटिनसँगको वार्ताका लागि तयार भएका हुन् ।

    तर त्यसका लागि रुसले युक्रेनमाथि सैन्य आक्रमण नगर्ने प्रतिवद्धता जनाउनु पर्ने बाइडेनको शर्त छ ।

    फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँको पहलमा बाइडेन–पुटिन वार्ताको तयारी भएको हो । आइतबार म्याक्रोँले पुटिनसँग दुईपटक टेलिफोन वार्ता गरेर संवादको वातावरण बनाएका हुन् ।

    युक्रेनसँगको सीमा क्षेत्रमा रुसले करिब एक लाख ९० हजार सैनिक तैनाथ गरेको छ । यसलाई अमेरिकासहितका पश्चिमा राष्ट्रले युक्रेनमाथि सैन्य आक्रमणको रुसी तयारी भनेका छन् । तर रुसले भने आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ ।

    युक्रेन संकट समाधानका लागि कूटनीतिक प्रयास कमजोर बन्दै गएको ठानिएका बेला म्याक्रोँको पहलमा बाइडेन र पुटिनबीच वार्ताको तयारी भएको हो ।

    सम्भावित बाइडेन–पुटिन वार्ताले युरोपमा पछिल्लो केही दशक यताकै गम्भीर सुरक्षा संकटको अवस्था आउनबाट रोक्ने अपेक्षा गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij