मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

मुख्यमन्त्री यादवलाई ५ वर्ष जेल सजाय


  • 4.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3832
    फागुन ९, २०७८ सोमबार
    मुख्यमन्त्री यादवलाई ५ वर्ष जेल सजाय

    भारतीय राज्य बिहारका पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई चारा घोटाला मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएको छ ।

    बिबिसी हिन्दीका अनुसार झारखण्डस्थित सिबिआईको विशेष अदालतले चारा घोटालाको पाँचौं मुद्दामा यादवलाई ६० लाख भारू जरिवाना तिराउने निर्णय पनि गरेको छ ।  

    झारखण्डसँग जोडिएको चारा र पशुपालन घोटालाको अन्तिम मुद्दा थियो । १५ फेब्रुअरीमा अदालतले यादवलाई यो मुद्दामा दोषी ठहर गरेको थियो ।

    २०१७ मा चारा र पशुपालन घोटालाका अन्य मुद्दामा दोषी ठहर भएका यादवले ८ महिना जेलमा बिताएका छन् भने ३१ महिना अस्पतालमा बसेका छन् । अहिले उनी जमानतमा रिहा भएका थिए ।

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij