मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

पूर्वी युक्रेनका दुई क्षेत्रमा रुसी फौजको प्रवेश


  • 2.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3865
    फागुन १०, २०७८ मंगलबार
    पूर्वी युक्रेनका दुई क्षेत्रमा रुसी फौजको प्रवेश

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा लडाकुहरूको नियन्त्रणमा रहेका दुईवटा क्षेत्रलाई स्वतन्त्र राज्यको घोषणा गरेपछि त्यहाँ रुसी फौजलाई प्रवेश गर्न आदेश दिएका छन् ।

    रुसले स्वघोषित लुहान्स्क र दोनेत्स्क जनगणतन्त्रमा आफ्नो फौजले शान्ति सेनाको भूमिका निभाउने जनाएको छ ।

    तर, अमेरिकाले उनीहरूलाई ‘शान्ति सेना’को संज्ञा दिइनु वाहियात कुरा भएको भन्दै रुसले युक्रेनसँगको पूर्ण चरणको युद्धका लागि पृष्ठभूमि तयार गरिरहेको आरोप लगाएको छ ।

    लोहान्स्क र दोनेत्स्क दुवै स्थानमा रुस समर्थित लडाकुहरूले सन् २०१४ देखि नै युक्रेनी फौजसँग युद्ध गर्दै आएका हुन् ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले नियतवश नै युक्रेनको सार्वभौमको उल्लंघन गरेको आरोप लगाएका छन् । 

    सोमबार राति टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै जेलेन्स्कीले भनेका छन्, “युक्रेनले शान्ति चाहेको छ, तर त्यसको मतलब हामी डराएका छैनौँ भनेर पनि घोषणा गर्छौँ र हामी कसैलाई केही पनि दिँदैनौँ । आफ्ना अन्तर्राष्ट्रिय साझेदारहरूबाट स्पष्ट र प्रभावशाली कार्यगत समर्थन चाहेको छ । को हाम्रा वास्तविक मित्र र साझेदार हुन् र कसले शब्दले मात्र रुस महासंघलाई तर्साउन खोजिरहेका छन् भनेर हेर्नु धेरै महत्त्वपूर्ण छ ।”

    संयुक्त राष्ट्रसंघको आपत्कालीन बैठकमा अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले रुसले आफ्नो फौजले पूर्वी युक्रेनी क्षेत्रमा शान्तिसेनाको भूमिका निभाउने भनी गरेको दाबीलाई आलोचना गर्दै अमेरिकालाई वास्तविक रूपमा उनीहरू के हुन् भन्ने थाहा भएको बताएकी छन् ।

    यसैबीच, संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेबेन्ज्याले पूर्वी युक्रेनको दोन्वासका लडाकु नियन्त्रणमा रहेका क्षेत्रलाई युक्रेनको आक्रमणबाट जोगाउनुपर्ने विचार व्यक्त गरेका छन् । बीबीसीबाट ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij